काठमाडौँ - आज २०८२ कात्तिक २१ गते शुक्रबार । ज्योतिषविद्हरूका अनुसार आजको दिन १२ राशिका जातकका लागि स्वास्थ्य, शिक्षा, व्यवसाय, प्रेम र पारिवारिक जीवनमा विभिन्न उतारचढाव रहनेछ । कोहीका लागि अवसर थपिनेछ भने कोहीले चुनौतीको सामना गर्नुपर्नेछ ।
मेष : काममा विभिन्न अवसर पाइनेछ । समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन । व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। व्यावसायिक कर्मले गति लिनेछ। मिहिनेतले राम्रो नतिजा हातपार्न सकिनेछ।
वृष :रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामकाे सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्।
मिथुन : व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ।
कर्कट : काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। कामले धेरैको मन जित्न सकिनेछ।
सिंह : आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ । सेवामूलक काम बन्नेछ। तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।
कन्या : आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।
तुला : स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका कामहरु सुचारु हुनेछन । सानातिना काममै अल्झनुपर्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ।
वृश्चिक : श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाईमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ । आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ। साथीभाइको सहयोगले उत्साह मिल्नेछ।
धनु : सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार ब्यबसायमा फाइदा हुनेछ । सानो गल्तीले हर्जाना तिराउन सक्छ। नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ। अरूको करकापमा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। बेसुरकाे निर्णयले समस्या निम्त्याउन सक्छ। पहिलेकाे उपलब्धि जाेगाउन सजग रहनुहाेला।
मकर : समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ।
कुम्भ : साथीभाईको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन । व्यावसायिक काममा खर्च बढ्नेछ । हिम्मतले काम लिन सकिनेछ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुख–सुविधा प्राप्त हुनेछ। घरेलु प्रयाेजनका सामान जुटाउन सकिनेछ। व्यवसायमा केही लाभ हुनेछ।
मीन : काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन ।

