Harsamaya
भोटेकोशीका महिलालाई सशस्त्रको सीपमुलक तालिम, स्वास्थ्य शिविरमा १८५ जनाको परीक्षण
सशस्त्र प्रहरी बल, नेपाल नं.३ गढीमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जेनी कुमार पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक मनोज थापा सशस्त्र प्रहरी बल नेपाल नं. १६ गण हे.क्वा. सिन्धुपाल्चोकका गणपति सशस्त्र प्रहरी उपरीक्षक मजगैयाँ तालिममा सहभागीलाई प्रमाणपत्र दिनुहुँदै ।

काठमाडौं - सशस्त्र प्रहरी बल नेपाल नं. १६ गण सिन्धुपाल्चोकले सीमा क्षेत्रमा तीन दिने सीपमुलक तालिम सञ्चालन गरेको छ । सशस्त्रले सीमाबासी लक्षित कार्यक्रम अन्तर्गत भोटेकोशी गाउँपालिका-३ लार्चास्थित सुख्खा बन्दरगाहमा कात्तिक १६ देखि १८ सम्म तीन दिने साबुन सरफ, फिनेल र हर्पिक बनाउने तालिम सञ्चालन गरेको सिन्धुपाल्चोकका गणपति सशस्त्र प्रहरी उपरीक्षक अच्युत कुमार मजगैयाँले जानकारी दिए । 

5-1762349934.jpg

प्रमुख प्रशिक्षक मैयाँ दाहालले दिएको तालिमबाट सीमाका स्थानीय महिला लाभान्वित भएका छन् । तालिम समापनका क्रममा सशस्त्र प्रहरी बल, नेपाल नं.३ गढीमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जेनी कुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको थियो ।

 प्रमुख अतिथि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक मनोज थापा सशस्त्र प्रहरी बल नेपाल नं. १६ गण हे.क्वा. सिन्धुपाल्चोकका गणपति सशस्त्र प्रहरी उपरीक्षक मजगैयाँ, भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिहरु, तालिम प्रमुख प्रशिक्षक दाहाल तथा तालिमका प्रशिक्षार्थीहरुसहितको उपस्थितिमा मंगलबार  प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । 

‘सीमाबासीसँग सशस्त्र प्रहरी’
यस्तै सशस्त्रले ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ अवधारणा अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा अन्तराष्ट्रिय सीमा जोडिएका वडाका जनप्रतिनिधिहरु, पत्रकार तथा स्थानीयहरुसँग ‘सीमा सुरक्षाको महत्व र सीमा अपराध नियन्त्रण’ सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरेको छ ।

3-1762349956.jpg
मंगलबार भोटेकोशी- २ मा भएको कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जसनी कुमार पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक मनोज थापा, सशस्त्र प्रहरी बल नेपाल नं. १६ गण हे.क्वा. सिन्धुपाल्चोकका गणपति सशस्त्र प्रहरी उपरीक्षक अच्युत कुमार मजगैयाँका साथै स्थानीय जनप्रतिनिधि, पत्रकार लगायतको सहभागितामा अन्तर्क्रिया गरेको थियो । 

१८५ जनाको स्वास्थ्य परीक्षण
यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. १६ गण सिन्धुपाल्चोकले भोटेकोशी गाउँपालिका-३ लार्चा स्थित सुख्खा बन्दरगाहको परिसर स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सीमावासी लक्षित कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको शिविरमा १८५ जनाले स्वास्थ्य परीक्षण गरेका थिए ।

sa-(1)-1762349978.jpg
 

सिन्धु सदावहार अस्पताल खाडीचौर र भोटेकोशी गाउँपालिकाको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा नाक कान घाँटी सम्बन्धी, डेन्टल, उच्च रक्तचाप, सुगर/थाईराईड, स्त्री रोग सम्बन्धी, पेट सम्बन्धी, बालरोग सम्बन्धी, हाड जोर्नी/बाथ/नशा च्यापिएका १८५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । 

सशस्त्र प्रहरीले सीमामा हुन सक्ने सीमा विवाद, सीमा अतिक्रमण, सीमा अपराध नियन्त्रण लगायतका सीमामा देखिएका, सीमावासीले भोग्नु परेका समस्या, सीमा अतिक्रमण, सीमा सुरक्षा, अवैध चोरी निकासी पैठारी नियत्रण, सीमा चिन्ह रेखदेखमा महत्त्वपूर्ण जिम्मेवारी बहन गर्दै आईरहेको छ।

sa-1762349997.jpg
 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update