Harsamaya
 मुलुकमा जस्तै पार्टीभित्र पनि विद्रोह हुन्छ -  मदन अमात्य
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन अमात्य ।

कठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले मुलुकमा जस्तै पार्टीभित्र पनि विद्रोह हुने बताएका छन्। बुधबारको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले नेताहरूले जनताको भावना बुझ्न नसक्दा विद्रोह हुने अवस्थामा पुगेको बताएका हुन्। 

'केन्द्रीय समितिको बैठकमा नबोलौँ भन्ने थियो। यति चाहिँ भन्छु- पार्टीमा विद्रोह हुन्छ जस्तो देशमा भयो' उनले भने। उनले अधिवेशन सकेर चुनावमा जानुपर्ने पनि बताए। 

'चुनावअघि नै महाधिवेशन गरौँ। अधिवेशन रोकेर चुनावमा किन जाने? लोकतान्त्रिक पार्टी भन्ने अनि महाधिवेशन पर पर धकेल्ने?,' उनले प्रश्न गर्दै भने, 'अधिवेशनमा सभापति हुने कांग्रेसी नै हो। म हुने होइन। ओली र प्रचण्ड पनि हुने होइनन्। कांग्रेस कहिल्यै एक ढिका थिएन र हुँदैन पनि।'

उनले पार्टीमा व्यक्तिको दास भएर बस्न भने नसक्ने बताए। 'म सभापतिलाई आदार गर्छु तर दासत्व स्वीकार्न सक्दिनँ' उनले भने।  
 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update