Harsamaya
आजको मौसम: यी चार प्रदेशमा वर्षा र हिमपातको संभावना 
सांकेतीक तस्वीरः हर समय/harsamaya

काठमाडौं - हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार विशेष गरी देशको पश्चिमी भू-भागमा उक्त प्रणालीको प्रभाव रहेको हो ।

विभागका अनुसार आज दिउँसो देशका चार प्रदेशमा हल्का देखि मध्य वर्षा र हिमपातको संभावना रहेको छ । दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

‘गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपात तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ‚’ विभागको बुलेटिनमा उल्लेख छ ।

यस्तै आज आज राती देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । ‘बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ‚’ विभागले बुलेटिनमा लेखेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update