Harsamaya
थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री–क्लास एयरबस सञ्चालनमा

काठमाडौं - थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेडले थ्री–क्लासको सुविधासहित एयरबस ए३३०–३०० विमान सञ्चालनमा ल्याएको छ ।  

यस विमानले असोज १ गतेदेखि काठमाडौं–बैंकक मार्गमा थ्री–क्लास सुविधासहित सेवा दिन थालेको हो । यो रणनीतिक सुधारले नेपालको बजारमा पहिलो पटक प्रिमियम इकोनोमी प्लस, प्रिमियम इकोनोमी तथा इकोनोमी वर्गको विकल्प दिएको हो । जसले उडान भर्दै आएको बोइङ ७७७ अपरेसनलाई प्रतिस्थापन गरेको छ ।

नेपालको यात्रु सेवा र अनुभवलाई अझै परिस्कृत बनाउन सधैँ प्रतिबद्ध रहेको थाइ एयरवेजले जनाएको छ । बैंकक र नेपालबिच यात्रुहरूलाई उच्चस्तरीय आरामदायी सुविधा ‘स्मूथ एज सिल्क’ सहितको सेवा प्रदान गरिरहेको हो ।

कार्तिक ९ देखि थाइ एयरवेज इन्टरनेशनलले दैनिक दुई पटक काठमाडौँमा उडान भर्दै आइरहेको छ । सुधार गरिएको विमान कन्फिग्रेसन र यात्रु अनुभव नयाँ एयरबस ए ३३०–३०० विमानमा कुल २६४ यात्रु राख्ने गरी तीन प्रकारका सेवा दिन थालिसकेको छ,  जुन विविध यात्रुको प्राथमिकता तथा आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको हो ।

प्रिमियम इकोनोमी प्लस वर्ग : ३१ वटा प्रिमियम सिटहरू जसमा पूर्ण फ्ल्याट बेडहरू, प्रत्यक्ष आईसल पहुँच, र अधिक निजी वातावरण उपलब्ध छन् । लामो उडानका लागि एक अनुपम स्तरको आरामदायी अनुभव प्रदान गरिरहेको छ ।

प्रिमियम इकोनोमी वर्ग : ४८ वटा ठुला आरामदायी सिट, खानाको विशेष सेवा तथा प्राथमिकतासँगै बोर्डिङ सुविधासहित इकोनोमी र बिजनेस क्लासबीचको अन्तरलाई पूर्ति गर्ने नयाँ क्याबिनको समेत विकल्प छ ।

इकोनोमी वर्ग : कुल १८५ आरामदायी सिटहरू छन् । जसमा आधुनिक मनोरञ्जन प्रणाली, निःशुल्क खानाको सुविधा र चौकस क्याबिन कर्मचारी सेवाहरू उपलब्ध छन् । जुन यस एयरलाइन्सलाई क्षेत्रभरिका यात्रुहरूले रोजाइको विकल्प बनाउन सक्छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update