Harsamaya
 पूर्वराष्ट्रपति भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नागरिकताको प्रतिलिपि लिदैं ।

काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएकी छिन् । 

आज काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोश्रो प्रतिलिपि लिएपछि उहाँले सरकार र सम्बन्धित निकायलाई चुनावको वातावरण बनाउनेतर्फ लाग्न सुझाव दिइन् । 

उनले भनिन्, ‘आगामी निर्वाचनलाई हिंसामुक्त र व्यवस्थित बनाउन सरकार लाग्नुपर्छ । प्रहरीका हराएका हतियार खोजतलास गरी सुरक्षाकर्मीले नियन्त्रणमा लिनुपर्छ ।’

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते उनको निवासमा आगजनी हुँदा नागरिकतासहितका कागजात जलेपछि पूर्वराष्ट्रपति भण्डारीले नागरिकताको प्रतिलिपि लिएकी हुन् । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले उहाँलाई नागरिकताको प्रमाणपत्रको प्रतिलिपि प्रदान गरेका हुन् । 

जेन–जी आन्दोलनमा जिल्ला प्रशासन कार्यालयमा पनि क्षति भएको थियो । उक्त कार्यालयले पुनर्निर्माणसँगै नियमित सेवा प्रवाह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update