भक्तपुर - नेपाली काङ्ग्रेस महासमिति सदस्य एवं बागमती प्रदेशसभाकी पूर्वसदस्य रजनी जोन्छेँको ७७ वर्षको उमेरमा निधन भएको छ । शहिद राधेश्याम जोन्छेँकी पत्नी रजनीको मध्यपुर अस्पतालमा क्यान्सरको उपचारका क्रममा आज बिहान निधन भएको हो ।
नेत्री जोन्छेको पार्थिव शरीरमा नेपाली काङ्ग्रेसका केन्द्रीय नेताहरू विमलेन्द्र निधि, प्रकाशशरण महत, नेपाली काङ्ग्रेस भक्तपुरका अध्यक्ष दुर्लभ थापालगात नेताले पार्टीको झण्डा ओढएर श्रदाञ्जली अर्पण गरेका छन् ।
यता, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले पनि जोन्छेको असामयिक निधनले दुखी बनाएको बताएका छन् । जोन्छे बागमती प्रदेश सरकारका पूर्व उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्री पनि भएकी थिइन् ।
आजै भक्तपुरको हनुमान्घाटमा उनको अन्त्येष्टि गरिने छ । उनका तीन छोरा छन् ।

