Harsamaya
माओवादीको केन्द्रीय समितिको बैठक बस्दै 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।  बैठक दिउँसो १ बजे बस्दै छ। 

नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो । पछिल्लो सचिवालय बैठकले निर्णय गरेका एजेन्डा र ९ दलबिच भएको सहमति अनुमोदन गरेर बैठक सकिने माओवादीले जानकारी दिएको छ । 

माओवादी सहित वाम घटक ९ दलको पार्टी एकता घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी भएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update