माओवादीको केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं - नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्दै छ।
नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो । पछिल्लो सचिवालय बैठकले निर्णय गरेका एजेन्डा र ९ दलबिच भएको सहमति अनुमोदन गरेर बैठक सकिने माओवादीले जानकारी दिएको छ ।
माओवादी सहित वाम घटक ९ दलको पार्टी एकता घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी भएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२ ०७:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

