जेन जीको कुनै एजेण्डा छैन, यो भीड मात्रै होः मोहनविक्रम सिंह
काठमाडौं - अग्रज कम्युनिष्ट नेता मोहनविक्रम सिंहले जेन जीको कुनै एजेण्डा नै नरहेको बताएका छन् ।
रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनका क्रममा शुक्रवार उनले यस्तो बताएका हुन् । उनले जेन जीका नाममा अहिले धेरै मागहरु आइरहेको भएपनि कसैले प्रत्यक्ष कार्यकारी भन्ने गरेको र कसैले त्यसको विरोध गरिरहेको बताए ।
उनले कसैले पूर्ण समानुपातिक भन्ने गरेपनि केहीले त्यसको विरोध गरेको बताए । जेन जीको एउटै समूह नभएको र मन्त्री, प्रधानमन्त्री बनाउँदा समेत विरोध भएको बताए । जेन जी कुनै संगठित समूह नभइ भीड मात्रै भएको टिप्पणी गरे ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२ २१:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

