 
                                                            काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय समिति बैठक स्थगन भएको छ ।
कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माबीच महाधिवेशन कार्यतालिका ल्याउने विषयमा सहमति हुन नसक्दा बैठक स्थगन भएको हो ।
‘कार्यतालिकामा कुरा नमिलेर आइतबार दिउँसो १ बजे बस्ने गरेर बैठक स्थगन भयो,’ एक केन्द्रीय नेताले भने ।
कांग्रेसमा संस्थापन पक्ष चुनाव पश्चात् १५ औं महाधिवेशन गर्ने गरि कार्यतालिका ल्याउने पक्षमा छ । तर, महामन्त्रीद्वय सहितको समूह भने मंसिरमा नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनुपर्ने अडानमा छन् । यो विषयमा कांग्रेस दुई धारमा बाढिएको छ ।
कार्यतालिका ल्याउने विषयमा आज बिहान नेता शेखर कोइरालासँग पनि महामन्त्री द्वयले संवाद गरेका थिए । १६ पुषमा केन्द्रीय महाधिवेशन नियमित गर्नेगरी कार्यतालिका ल्याउन सकिने र दबाव दिने निर्णय भएको थियो ।
त्यसपश्चात् महामन्त्रीद्वय र कार्यवाहक सभापति छलफलमा बसेका थिए । छलफल सहमतिमा नपुग्दा केन्द्रीय समिति बैठक स्थगन गरिएको हो ।


 
                                                -1761925825.jpg) 
                                                ![एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Samajbadi-1761794638.jpg) 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    