Harsamaya
कांग्रेस केन्द्रीय समिति बैठक जारी
कांग्रेसको केन्द्रीय समिति बैठक ।

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । 

दिउँसो साढे १ बजेबाट सुरु हुने भनेको बैठक ढिला गरी सुरु भएको हो । बैठकमा बैठकले कांग्रेसको १५ औँ महाधिवेशन, सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन, प्रतिनिधिसभा विघटन र जेनजी आन्दोलनबारे छलफल हुनेछ ।

साथै पार्टी निर्वाचनमा जाने की संसद पुनःस्थापनाको पक्षमा उभिने भन्ने पनि निर्णय गर्ने बताइएको छ । दशैँपछिबाट शुरु भएको केन्द्रीय समितिको बैठक तिहार र छठका कारण आजलाई सरेको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update