Harsamaya
काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं - नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज  बस्दै छ। गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा भदौ २३ र २४ गतेका जेनजी’ आन्दोलन, अन्तरिम सरकारको गठन र प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति तथा त्यसमा काँग्रेसको भूमिका विषयमा बैठक केन्द्रित रहनेको जनाइएको छ । 

आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनको विषयमा केन्द्रित रहेर छलफल हुँदै छ । हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदै छ । नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । त्यस क्रममा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको जनाइएको छ । 

यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update