Harsamaya
बिहीबारदेखि रातीको समयमा मेची राजमार्ग बन्द हुने

काठमाडौं - जिल्ला प्रशासन इलामले बिहीबारदेखि रातीको समयमा मेची राजमार्ग बन्द गर्ने निर्णय गरेको छ । चक्रावात मोन्थालाई कारण देखाउँदै प्रशासनले राजमार्ग बन्द गर्ने सूचना जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले बुधबार विज्ञप्ति जारी गर्दै बङ्गालको खाडीमा विकसित चक्र वात 'मोन्था' का कारण कार्तिक १३ गते बिहीबार साँझ ७ बजेबाट बिहान ६ बजेसम्म राजमार्ग बन्द गरिने जानकारी दिए ।

जल तथा मौसम विभागले कार्तिक १३ देखि १५ गते शनिबार बिहानसम्म कोसी प्रदेशको इलाम जिल्ला लगायत देशका धेरै भू-भागहरूमा मौसम प्रभावित हुने देखिएको अनुमान आएको भन्दै राजमार्ग बन्द गर्ने निर्णयमा पुगेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update