Harsamaya
बालुवाटारमा जारी त्रिपक्षीय छलफलमा जेनजी प्रतिनिधिहरूले बोल्ने क्रम सकियो
सरकार ‚ राजनीतिक दल र जेनजी प्रतिनिधिबीच छलफल ।

काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवासमा जारी सरकार‚ राजनीतिक दल र जेनजी समूहको बैठक जारी छ । बैठकमा जेनजीका तर्फबाट बोल्ने क्रम सकिएको प्रधानमन्त्रीको प्रेस सल्लाहाकार राम रावलले जानकारी दिए । 

पहिलो पटक भएको त्रिपक्षीय छलफलमा जेनजीको तर्फबाट रक्षा बम‚जेम्स कार्की‚दिवाकर दंगाल‚पुरुषोत्तम यादव‚मिराज ढुंगाना‚अमीत खनाल ऊर्जा‚रिजन रानामगर ‚सामना घर्ती‚मोनिका ‚उपार्जुन चाम्लिङ‚खेम साउँदले धारणा राखेको रावलले जानकारी दिए ।

यस्तै सहिद परिवराको तर्फबाट प्रतिनिधि भोजविक्रम थापा तथा घाइतेको तर्फबाट प्रतिनिध अभिषेक श्रेष्ठ सहित उपस्थित विवेक ढकाल र सागर ढकालले धारणा राखेका छन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update