Harsamaya
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - आज २०८२ कात्तिक ११ गते म‌ंगलबार । आजको दिन १२ राशिका जातकका लागि विभिन्न उतार–चढावका सङ्केत देखिएका छन्। कसैलाई अप्रत्याशित धन लाभ हुने त कसैलाई प्रेम जीवनमा मिठास थपिने सम्भावना छ। 

मेष : काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला। मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना सफल हुनेछन्। शारीरिक पीडा र तनाउ सम्बन्धित समस्यालाई नकार्न सकिँदैन। अचानक धनको लाभ हुनाले  तत्काल खर्च पूरा गर्नेछ। यदि तपाईँले कार्यालयमा अतिरिक्त समय बिताउनुभयो भने तपाईँको घरेलु जीवनमा समस्या हुनेछ। आज आफ्नो प्रेमीलाई निराश नबनाउनुहोस् किनकि पछि पछुताउनु पर्न सक्छ। 

वृष : पढाइ लेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ।  समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ।

मिथुन : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्त्वाकाङ्क्षी योजना सफल होलान्। कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। एउटा लाभदायी दिन हो र तपाईँ दीर्घ रोगबाट राहत पाउन सक्षम हुन सक्नुहुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा हातपार्ने बेला छ। रमाइलाे यात्राको साइत पनि जुर्न सक्छ।

कर्कट : व्यापार व्यवसायमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धी पराजित हुनेछन्। सोचेभन्दा आम्दानी बढ्नेछ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। रमाइलो गर्न बाहिर जानेहरूको लागि सरासर खुसी र आनन्द मिल्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

सिंह : विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन पाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। एउटा लाभदायी दिन हो र तपाईँ दीर्घ रोगबाट राहत पाउन सक्षम हुन सक्नुहुनेछ। अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। व्यावसायिक कर्मले गति लिनेछ। मिहिनेतले राम्रो नतिजा दिलाउनेछ।

कन्या : पारिवारिक सम्बन्धमा सुधार आउनेछ। मनग्य धन आर्जन हुनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। घरमा काम गर्दा विशेष ध्यान गर्नुहोस्। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ।

तुला : पतिपत्नीबिच सम्बन्धमा सुधार आउनेछ। व्यवसायतर्फ सामान्य आम्दानी भइरहनेछ। सुखद समाचारले अझ उत्साह बढ्नेछ। तपाईँले आज महत्त्वपूर्ण निर्णय लिनु पर्नेछ । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।

वृश्चिक : ठुला व्यक्तिको विशेष सहयोग जुट्नेछ । परिवारबिच आत्मीय भाव बढ्नेछ। शैक्षिक क्षेत्रमा गरेको लगानीबाट प्रशस्त लाभ मिल्नेछ। आफूलाई शान्त राख्न मद्दत गर्ने गतिविधिहरूमा आफैलाई संलग्न गर्नुहोस्। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले मनग्य लाभ दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त हुनेछ।

धनु : पढाइ लेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। कामबाट प्रतिष्ठा मिल्नेछ। काम गर्ने मनोबल र उत्साह बढ्नेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। नयाँ कामको जग बसाउने माैका छ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार पाइएला।

मकर : सोच्ने शक्ति बढ्नेछ। प्रशंसकहरू बढ्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । व्यापार व्यवसायबाट राम्रै फाइदाको योग छ। केही पाउन केही वस्तु त्याग्नुपर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ।  खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर प्राप्त हुनेछ।

कुम्भ : विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। पारिवारिक भेटघाटले खुसीयाली छाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। तर केही काम रोकिनाले उठ्नुपर्ने रकम हातलागी नहुन सक्छ। समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले सञ्चित रकम खर्च हुन सक्छ।

मीन : नयाँ कामको प्रस्ताव आउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन्। तपाईँलाई रोमाञ्चक र तनाउमुक्त राख्ने गतिविधिहरूसँग संलग्न हुनुहोस्। अचानक धनको लाभ हुनाले तपाईँको बिल र तत्काल खर्च पूरा गर्नेछ। आफन्तहरू र साथीहरूलाई तपाईँको आर्थिक व्यवस्थापन गर्न नदिनुहोस्, नत्र तपाईँले चाँडै आफ्नो बजेट उँचो पाउनु हुनेछ। 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update