Harsamaya
छठ पर्व सुरु, आज ‘नहाय, खाय’
छठ पर्व विधिवत् सुरु ।

जनकपुर - आस्था र विश्वासको पर्वको रूपमा चिनिने छठ पर्व आज देखि विधिवत् सुरु भएको छ । चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको आज पहिलो दिन ‘नहाय–खाय’ विधि गरिन्छ । आजको दिन व्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ ।

त्यस्तै भोली दोस्रो दिन खरना गरिनेछ । भोलि साँझ व्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसाद स्वरूप ग्रहण गरी खरना विधि गर्ने गरिन्छ । तेस्रो दिन सोमबार छठको मुख्य दिन सौझका अर्घ रहेको छ । यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ दिने चलन छ ।

अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । अन्तिम दिनलाई ‘पारन’ भनिन्छ ।

यस वर्ष छठ पर्वको मुख्य दिन सोमबार देशभर सार्वजनिक बिदा रहेको छ भने त्यसको भोली पल्ट मधेश प्रदेश सरकारले प्रदेशभर बिदा दिएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update