Harsamaya
हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द, अर्को निर्णय नभएसम्म काममा नआउन कामदारलाई आग्रह

काठमाडौं - जेनजी आन्दोलनका क्रममा होटल परिसरमा तोडफोड र अराजक गतिविधि भएपछि हायात रिजेन्सीले आफ्नो सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ। होटलका मानव संसाधन निर्देशक मोहम्द यूसुफ चौधरीले सूचना जारी गरी आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण होटल तत्काल सञ्चालन गर्न नसकिने जनाएका छन् ।सुरक्षा कारणले सम्पूर्ण श्रमिकलाई पनि अर्को सूचना नआएसम्म होटल परिसरमा उपस्थित नहुन आग्रह गरिएको छ।  होटल व्यवस्थापनका अनुसार मर्मत तथा पुनर्निर्माणको काम सकिएपछि मात्र पुनः सञ्चालनबारे निर्णय हुनेछ।

सूचनामा भनिएको छ, “ होटेलको मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षा संवेदनशीलता समेतलाई मध्यनजर गर्दै होटेलबाट प्रवाह हुँदै आएको व्यावसायिक सेवा लगायत सम्पूर्ण होटल नै पूर्ण रूपमा बन्द रहेको हुनाले यस विषयमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल भई प्रतिष्ठानमा कार्यरत सम्पूर्ण श्रमिकहरू अर्को सूचना प्रेषित नहुँदा सम्म वा अन्य निर्णय नहुँदासम्म सम्पूर्ण श्रमिकलाई होटेल परिसरमा उपस्थित नहुन अवगत गराइन्छ ।’

 

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update