Harsamaya
नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोटमा परी ३५ जनाको मृत्यु
नाइजर राज्यमा पेट्रोल बोकेको ट्यांकर दुर्घटना ।

एजेन्सी - मध्य नाइजेरियाको नाइजर राज्यमा पेट्रोल बोकेको ट्यांकर दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना घाइते भएका छन् ।

नाइजरको काचा क्षेत्रको एस्सा गाउँमा केही बासिन्दाले पल्टिएको ट्यांकरबाट पेट्रोल निकाल्न भेला भएका समय ट्यांकर विस्फोट हुँदा ठूलो मानवीय क्षति हुन पुगेको संघीय सडक सुरक्षा विभागका सेक्टर कमान्डर आइशातु साडुले बताए । 

मङ्गलबार राति जारी एक विज्ञप्तिमा नाइजर राज्यका गभर्नर मोहम्मद उमर बागोले यो त्रासदीलाई ‘चिन्ताजनक, दुर्भाग्यपूर्ण र दयनीय’ भनेका छन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update