काठमाडौं - तिहारको दोस्रो दिन कुकुर तिहार हो । कुकुरलाई वफादार, घरपालुवा र चोरी–चकारी पत्ता लगाउने शक्तिको प्रतीक मानिन्छ । पुराणहरूमा, युधिष्ठिरले मृत्युको समयमा आफ्नो कुकुरसँगै वैकुण्ठ पुगेको वर्णन छ ।
युधिष्ठिरले सम्पूर्ण पञ्च पाण्डव द्रौपदीसहित वैकुण्ठ जाँदै गर्दा अवस्थामा बाटोमा मृत्युको अवस्था आउँदाखेरि युधिष्ठिर र कुकुर मात्रै बाँचेको हुनाले वैकुण्ठ पुगेको किंवदन्तीहरू पुराणहरूमा उल्लेख गरिएको छ । त्यसैले, कुकुरको पूजा विशेष महत्वका साथ गरिन्छ ।
अहिले त आर्मी पुलिसहरूमा पनि कुकर पाल्ने र त्यसले अपराध वा अपराधीहरू पत्ता लगाउने गर्दछ । कुकुर तिहारका दिन कुकुरलाई तेल र मालासहित खाना र मिष्टान्न दिइन्छ, जसले उसको सद्भाव र वफादारीलाई सम्मान दिन्छ । अन्य जनावरको तुलनामा कुकुरले मान्छेहरूका लागि गर्ने काम र जिम्मेवारी पनि धेरै भएकाले यसलाई विशेष गरी पूजा गर्ने गरिन्छ ।