Harsamaya
कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश
पूर्वसभामुख कृष्णबहादुर महरा ।

काठमाडौं - जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ। जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको हो ।

महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए । मंगलबार क्षेत्रीको इजलासमा बकपत्र भएको थियो । बुधबार बहस सकिएपछि उनलाई थुनामा राख्ने आदेश भएको हो ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update