Harsamaya
शेखरको सचिवालयले भन्यो - ‘देउवासँग शेखरले कार्यवाहक मागेको दाबी’ गरेको समाचारमा कुनै सत्यता छैन
पाली काँग्रेसका वरिष्ठ नेता वरिष्ठ डा.शेखर कोइराला ।

काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता वरिष्ठ डा.शेखर कोइरालाको सचिवालयले कोइरालालाई जोडेर आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

स्वकीय सचिव दिनेश चन्द्र थपलियाले एक विज्ञप्ति जारी गर्दै २०८२ असोज २६ गते, आइतबार प्रकाशित अनलाइनखबरमा 'देउवासँग शेखरले कार्यवाहक मागेको दाबी' शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । 

‘उक्त समाचारमा संस्थापन पक्षको नाम लिएर उल्लेखित कुराहरू पूर्णतः तथ्यहीन, भ्रामक र कपोलकल्पित छन्’, विज्ञप्तिमा भनिएको छ । सचिवालयले समाचारमा उल्लेख गरिएका बिषयहरूमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेको छ । 

जिम्मेवार सञ्चारमाध्यमले समाचार प्रकाशित गर्नु अघि कम्तिमा सूचना परीक्षण गर्ने पत्रकारिताको न्यूनतम आचारसंहिताको पालनाका लागि पनि अनुरोध समेत गर्दछु ।

558885134_25542781585324568_746822569647340562_n-1760277207.jpg

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update