जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिको एकताको प्रथम अधिवेशन आजदेखि सुरु हुँदै छ ।पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने भन्दै आएको जसपा नेपालले कोशी प्रदेशको अधिवेशनलाई प्रदेश नं १ समितिको अधिवेशन भनेको छ ।
विराटनगर स्थित मारवाडी सेवा समितिको सभा हलमा आयोजित अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रदेश समितिले उद्घाटन सत्र र खुला सत्रका लागि असोज २६ र २७ गतेको कार्यपालिका बनाएको छ ।
त्यसै गरी जसपा नेपालको भोलि (सोमबार) देखि मधेस प्रदेश समितिको अधिवेशन सुरु हुनेछ । जनकपुरधाममा हुन लागेको अधिवेशनको उद्घाटन अध्यक्ष उपेन्द्र यादवले गर्ने पार्टी प्रचार विभागले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०८२ ०९:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय