केपी ओली र रमेश लेखकविरुद्धको जाहेरी जाँचबुझ आयोगले प्रहरीमै फिर्ता पठायो

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी जाँचबुझ आयोगले प्रहरीमै फिर्ता पठाएको छ ।
जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाका परिवारले काठमाडौं प्रहरी परिसरमा दिएको निवेदन प्रहरीले आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै असोज २१ गते भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगमा पठाएको थियो ।
तर आयोगले आज सो निवेदन आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै फिर्ता गरेको छ । अब उक्त निवेदन उपर प्रहरीले के गर्छ हेर्न बाँकी छ ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२ १८:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय