Harsamaya
संविधान परिमार्जन सभा गठन गर्नुपर्ने जेन–वाई रिबेलियनको माग 
जेन–वाई रिबेलियनको पत्रकार सम्मेलन ।

काठमाडौं - भ्रष्टाचार विरुद्धको आन्दोलन गरेका जेनजी युवा समुहका अभिभावकको रुपमा गठन भएको जेन–वाई रिबेलियनले संविधान परिमार्जन सभा गठन गर्नुपर्ने माग गरेको छ । 

बुधबार पत्रकार सम्मेलन गरी जेन–वाई रिबेलियनले देशलाई शान्ति र स्थाइत्व प्रदान गर्न संविधान परिमार्जन सभा गठन गर्नुपर्ने माग गरेका हुन् । 

नेपालको संविधानले जेनजी सहिदहरुको बलिदानी र घाइतेहरुको सपना पुरा गर्न नसक्ने जेन वाई रिबेलियनका संयोजक विजय कँडेलले बताए । प्रेस विज्ञप्ति बाचन गर्नै उनले भने, ‘हामी सरकारका पछिल्ला कदमहरुबाट असन्तुष्ट छौं । हामीले बुझेका छौं, वर्तमान सरकारलाई संवैधानिक संकट छ । वर्तमान संविधानले जेनजी सहिदहरुको बलिदानी र घाइतेहरुको सपना साकार पार्न सक्दैन । देशलाई शान्ति र स्थाइत्व प्रदान गर्न संविधान परिमार्जन सभा गठन गर्नुपर्छ ।’ 

सरकारको कामले असन्तुष्ट भएको भन्दै संसद् विघटन भइसकेको र देश संवैधानिक संकटमा फसेको बताए । ‘हामी संविधान विरोधी होइनौं, तर परिवर्तनको पक्षधर हौं । संविधान जनताको हुनुपर्छ, नेताहरूको होइन,’ उनले भने । 
 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update