Harsamaya
नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् । बैठक बिहीबार दिउँसो १ बजे हिमालय होटेल कुपण्डोलमा बस्न लागेको हो ।

बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने बताइएको छ । बैठकसँगै देउवा जेनजी आन्दोलनपछि पहिलो पटक औपचारिक कार्यक्रममा देखिन लागेका हुन्। जेनजी आन्दोलनको क्रममा भदौ २४ गते देउवा र उनकी पत्नी आरजु राणा माथि आक्रमण गरिएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update