Harsamaya
काँग्रेसको नेतृत्वमा मधेश प्रदेश सरकारको दाबी पेस

जनकपुर - मधेश प्रदेश सरकारमा नेपाली काँग्रेसको नेतृत्वमा दाबी पेस गरिएको छ । बुधबार प्रदेश प्रमुखको कार्यालय, जनकपुरधाममा नेपाली कांग्रेस, नेकपा एमाले र जनमत मिलेर नयाँ सरकार गठन गर्ने भन्दै दाबी पेस गरेका छन् ।

नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णा प्रसाद यादवको नेतृत्वमा सरकार गठन हुन लागेको छ । सो क्रममा नेकपा एमालेबाट मन्त्री बनेकाहरूले यस अघि नै पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update