Harsamaya
जाँचबुझ आयोगले भन्यो - फौजदारी कसूरमा संलग्न जोकोहीलाई तत्काल पक्राउ गरेर अनुसन्धान र कारबाही गर्नू
पूर्वन्यायाधीश गौरीबहादुर कार्की ।

काठमाडौं - भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसूरमा संलग्न जोकोहीलाई तत्काल अनुसन्धान र कारबाही गर्न सूचित गरेको छ ।

 मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरेको हो । 

असोज ९ गते गृह मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिका संलग्नहरूलाई प्रहरीले पक्राउ गर्न थालेपछि गृह मन्त्रालयले पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिएको थियो । सो निर्देशनपश्चात आगजनी र तोडफोडमा संलग्न भएर पक्राउ परेकाहरूलाई प्रहरीले छाडिदिएको थियो । 

आयोगले फौजदारी कसूरमा संलग्नलाई पक्राउ गर्न अनुमति दिएसँगै प्रहरीले त्यस्ता व्यक्तिलाई पक्राउ गर्न बाटो खुलेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update