Harsamaya
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा छैन अवरोध
प्रतिकात्मक तस्वीर ।

चितवन - नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । 

गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती  सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति  ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् ।

 जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ् सेन्टर)मा रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन् । 
 

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update