Harsamaya
दशैंको टीकाको चौथो दिन, टीका र जमरा ग्रहण गर्ने क्रम जारी

काठमाडौं - दशैंको टीकाको चौथो दिन आज पनि बिहानैदेखि मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । घटस्थापनाका दिन विधिपूर्वक दशैं घरमा राखिएको जमरा र टीका प्रसाद स्वरूप अग्रजको हातबाट आशीर्वादका रूपमा ग्रहण गर्ने परम्परा छ ।

यस वर्ष विजयादशमीको भोलिपल्ट शुक्रबार बेलुकीदेखि निरन्तर वर्षा भइरहेकाले मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूलाई असर गरेको छ । मौसमका बाबजुद पनि टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूको चहलपहलले बढेको छ ।

भारी वर्षाका कारण सरकारले आइतबार र सोमबार दुई दिनका लागि सार्वजनिक बिदा दिएको छ भने राजधानीबाट भित्रिने र बाहिरिने सवारी साधनमा रोक लगाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update