Harsamaya
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - आज २०८२ साल असाोज १९ गते आइतबार । 

मेष : विश्वास गरेकाले साथ दिनेछन् । भेटघाटमा समय बित्नेछ । रोकिएका कामहरू सुचारु हुनेछन् । तपाईँलाई रमाइलो यात्रामा जानको लागि अवसर मिल्न सक्छ। यस क्रममा मन मिल्ने साथी भेटिने सम्भावना छ र प्रेमको सम्बन्ध बलियो हुनेछ। । स्वास्थ्यमा सुधार आउनेछ । तर, केही कामका लागि अतिरिक्त चुनौतीहरू पनि आइपर्न सक्छन्।

वृष : श्रमको उचित मूल्याङ्कन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । सामान्य देखिनुका बाबजुद, ठुलो खाँचो पूरा हुनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ । स्वास्थ्य पूर्णतः ठिक रहनेछ। अचानक धनको लाभ हुने छ।

मिथुन : विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार व्यवसायमा फाइदा हुनेछ । तपाईँको विनम्र व्यवहारको सराहना गरिनेछ। धेरै मानिसहरूले तपाईँको मौखिक रूपमा प्रशंसा गर्नेछन्। पारिवारिक भेटघाटले खुसी ल्याउनेछ।

कर्कट : खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। समाजमा मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । समुदायको लागि गरिएका प्रयासहरूको प्रशंसा हुनेछ। स्वास्थ्य राम्रो रहन्छ। आफन्तहरूले तपाईँबाट पनि केही मद्दतको आशा गर्नेछन्। प्रेममय जीवन जीवन्त हुनेछ।

सिंह : परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। साथीभाइको सहयोगले महत्त्वपूर्ण कामहरू सफल हुनेछन् । व्यावसायिक काममा खर्च बढ्नेछ । हिम्मतले काम लिन सकिनेछ । तपाईँको श्रमको उचित मूल्य पाइनेछ र आम्दानी बढ्नेछ।

कन्या : प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक सङ्केतहरू प्राप्त हुनेछन् । प्रतिस्पर्धीहरूलाई सजिलै नियन्त्रण गर्न सकिनेछ व्यवसायमा ठुलो फाइदा ल्याउनेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। 

तुला : अध्ययन र अध्यापनमा प्रगति हुनेछ। तपाईँको बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नेछ रमाइलो यात्राको अवसर जुट्न सक्छ। काममा विभिन्न अवसर पाइनेछ । समयमा सही निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ। तपाईँ सजिलै कामहरू पूरा गर्न सक्नुहुनेछ।

वृश्चिक : रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। विशिष्ट व्यक्तित्वको सहयोगले तपाईँलाई विशेष अवसर मिल्नेछ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ। पारिवारिक भेटघाटले मन रमाउने छ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ ।

धनु : व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाइसँग रमाइलोमा समय बित्नेछ । प्रशंसकहरू बढ्नेछन् र मान सम्मान समेत पाइनेछ। तपाईँको क्षेत्रमा प्रभुत्व जमाउने समय आएको छ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। ।

मकर : काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मान सम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। विशिष्ट व्यक्तित्वको सहयोगले तपाईँलाई विशेष अवसर प्राप्त हुनेछ। व्यापारबाट लाभ मिल्नेछ। शरीरको गति राख्न र आफ्नो शरीरमा ऊर्जा भर्नको लागि मनोरञ्जनका गतिविधिहरूमा केही समय बिताउनुहोस्।

कुम्भ : आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। व्यवसायमा लगानी बढाउने अवसर आउन सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने सम्भावना छ।तपाईँसँग आज आफ्नो लागि पर्याप्त समय हुनेछ।  

 

 काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ। आफन्तको सहयोगले महत्त्वपूर्ण कामको थालनी हुनेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । तपाईँलाई विगतका कमजोरीहरू सुधार्ने अवसर मिल्नेछ। विश्वास, प्रयास, र धैर्यको संयोजनले तपाईँको दिन असाधारण बन्न सक्छ।

 

 

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  ०६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update