हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु
रौतहट - कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
आज साँझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउँका १६ वर्षीय नबिन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायब उपरिक्षक राजु कार्कीले मृतक दुवैको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, असोज १८, २०८२ २०:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

