Harsamaya
दशैंको तेस्रो दिन : बडादशैंको टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं - बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज(शनिवार) टीका र जमरा लगाउने क्रम जारी छ । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो वा सेतो टीका र जमरा लगाउने क्रम शनिवार पनि जारी छ। देशभर वर्षा भइरहेमनि नजिकका आफन्त वा मान्यजनकहाँ टीका लगाउनेहरूको आवतजावत जारी छ । आश्विन शुक्ल द्वादशीका दिन पनि  मान्यजनका घरमा गएर नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसाद स्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update