Harsamaya
डोटीमा प्रहरी जवान मृत फेला

डोटी - डोटीमा एक प्रहरी जवान मृत फेला परेका छन् । शुक्रवार मध्यराति शिखर नगरपालिका–८ तिलताली घर भएका नेपाल प्रहरीको जवान शङ्कर बलायर मृत फेला परेका हुन् । 

केआई सिंह राजमार्ग अन्तरगत गोपघाट भन्ने ठाउँमा एक जना व्यक्ति लडेको भनी मध्यरात १२:१५ बजे प्रहरीलाई सूचना आएपछि प्रहरी टोलीले उनलाई मृत अवस्थामा फेला पारेको हो । बलायरको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए । उनी असोज ७ गतेदेखि लागु हुने गरी उनी १८ दिनको बिदामा आएका थिए ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update