Harsamaya
विश्वकप छनोटका लागि सन्दीप सहित १५सदस्यीय टोली घोषणा

काठमाडौं - नेपाल क्रिकेट संघ क्यानले ओमानमा हुने आइसीसी मेन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको सूची सार्वजनिक गरेको छ ।

रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो । टोलीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update