राष्ट्रपतिले पनि आमनागरिकलाई दशैंको टीका नलगाउने
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।
विगतमा राष्ट्रपतिबाट बडादशैंका अवसरमा आम नागरिकलाई टीका लगाउने गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२ १०:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

