Harsamaya
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - आज २०८२ असोज १५ गते बुधबार । आजको दिन तपाईँको जीवनमा उत्साह, सफलता र आत्मिक सन्तुष्टि ल्याउने सङ्केतसहित आएको छ।

मेष : पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । रमाइलो यात्राको योग रहेको छ । रमाइलो भेटघाटमा मन रमाउनेछ । प्रेममा सफलता मिल्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मिहिनेतले मान सम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ ।

वृष : सानै प्रयासले काममा सफलता मिल्नेछ । प्रयासहरू सकारात्मक रहनेछन् । सामाजिक काममा व्यस्त रहनुपर्नेछ । भइपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला। कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ।

मिथुन : आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्ने समय छ। पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको कारोबार बढ्नेछ । रोकिएका अधुरा कामहरू बन्नेछन् ।

कर्कट : मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ ।  आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ । दाम्पत्य जीवन सुखमय रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाइको सहयोगले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ । सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ।  प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।

सिंह : कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चिनुपर्ला। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हात पार्न बढी श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्‍याउनुपर्ला। रोजगारीको नयाँ अवसर मिल्नेछ । कूटनीतिक कार्यहरू सफल हुनेछन् । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । लक्ष्यमा पुग्न समय लाग्नेछ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने हुन सक्छ।

कन्या : उत्साह र स्फूर्ति बढ्नेछ । सामाजिक कामहरू सफल हुनेछन् । ठुला व्यक्तिको सहयोगले काम गर्ने आत्मविश्वास बढ्नेछ । गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। कामको चाप बढ्नेछ। स्वास्थ्यका लागि व्यायाम तथा खानपिनमा ध्यान पुर्‍याउनुहोला।

तुला : सोचेको आटेको काममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । साथीभाइसँग भेटघाटमा मन खुसी रहनेछ । समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ। लगनशीलताले उपलब्धि दिलाउनेछ। काम पूरा नभए पनि केही न केही लाभ हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

वृश्चिक :  काममा चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्‍याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा पनि सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ। धार्मिक र सामाजिक काममा मन जानेछ । व्यापार व्यवसायमा अवरोध उत्पन्न हुन सक्ने देखिन्छ । 

धनु : परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा अलि विलम्ब हुनेछ ।  अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्र काममा समेत बाधा पुर्‍याउन सक्छ। सामाजिक कार्यमा तत्परता रहनेछ । वैदेशिक यात्रा हुने देखिन्छ । स्वास्थ्यमा सुधार आउनेछ । परोपकारी काममा रुचि बढ्नेछ ।

मकर : अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र असमझदारीले साथीभाइ टाढिन सक्छन्, सजग रहनुहोला । मनोरञ्जनमा मन जानेछ । वैदेशिक कार्यहरू बन्नेछन् । जागिरमा पदोन्नतिको योग रहेको छ ।

कुम्भ : शत्रुहरू पराजित हुनेछन् । धार्मिक र सामाजिक काममा रुचि बढ्नेछ । काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्‍याउनेछ। आस मारेको नतिजा समेत सकारात्मक हुन सक्छ।

मीन : परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसकिएला। धेरै बोल्दा समस्या आउन सक्छ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । सानोतिनो समस्या आए पनि नियमित काम सम्पादन हुनेछ। आलोचकहरूलाई व्यवहारले समेट्नुहोला।  रोकिएका अधुरा कामहरू सुचारु हुनेछन् । बिछोडिएका मित्रसँग भेट हुनेछ । मनमा हर्ष बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । 

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update