Harsamaya
घटस्थापनादेखि आजसम्म पाँच लाखले छोडे काठमाडौं उपत्यका

काठमाडौं - नेपालीहरुको महान पर्व दशैं सुरु भएसँगै साढे पाँच लाखले काठमाडौं उपत्यका छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २सय ६१ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।

काठमाडौं छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । यात्रुको सहजता र सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली पनि सक्रिय रहेको उनले बताए । साथै दशैंको अवधिमा काठमाडौँ उपत्यकामा ७२ हजार ४१ सवारी साधनबाट दुई लाख ८५ हजार ३०८ जना भित्रिएका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update