Harsamaya
क्यान्सरसँग लड्दा लड्दै अस्ताए नवराज 
कवि नवराज न्यौपाने ।

काठमाडौं - सिन्धुपाल्चोकका कवि नवराज न्यौपानेको निधन भएको छ । लामो समयदेखि ब्लड क्यासरबाट पीडित उनको आइतबार साँझ निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको आज अन्त्येष्टि गरिदैंछ । 

न्यौपानेका ६ वटा कविता संग्रह प्रकाशित छन् । क्यान्सरसँग लड्दा लड्दै उनले अस्पतालकै बेडबाट सपनाका लहरहरु कविता संग्रहको ६ वटा पुस्तक निकालेका हुन् । उनले पुस्तक बिक्रीबाट आएको पैसाले क्यान्सरको उपचार गराएका थिए ।

तीन वर्षदेखि ब्लड क्यान्सरसँग लडिरहेका न्यौपाने कविता र गीत संगीतलाई अति नै माया गर्थे । वैदेशिक रोजगारमा रहँदा क्यान्सर भएको थाहा पाएपछि उनी नेपाल फर्किएका थिए । 

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update