Harsamaya
दसैंका लागि दुई लाख ६७ हजार बढीले छाडे उपत्यका 
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - असोज ६ गते घटस्थापनाका दिनदेखि आजसम्म दुई लाख ६७ हजार ४४१ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।

अध्ययन/अध्यापन, व्यापार व्यवसाय तथा विभिन्न कामका लागि काठमाडौँ आएकामध्ये आज ११ गतेसम्म दुई लाख ६७ हजार ४४१ जनाले काठमाडौँ उपत्यका छोडेका प्रहरीले जनाएको छ । 

असोज ६ गते (घटस्थापना) का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४, असोज ८ गते ५७ हजार ५५९, असोज ९ गते ५६ हजार ९०६, असोज १० र ११ गतेसम्म ७२ हजार २३९ जनाभन्दा बढी यात्रुले काठमाडौँ उपत्यका छोडेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश सुवेदीले जानकारी दिए । 

घटस्थापनाका दिनदेखि आजसम्म काठमाडौं उपत्यकाबाट ४५ हजार ४९३ सवारीसाधन बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  २२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update