‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै दुई जनाले नदीमा हाम फाले

हुम्ला - चङ्खेली गाउँपालिकामा नदीमा हामफालेर दुई जना बेपत्ता भएका छन् ।
आज बिहान सामाजिक सञ्जाल ‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै बेपत्ता भएका चङ्खेली गाउँपालिका–४ का हंस बुढा र कर्मा बोहोराले आत्महत्या गर्ने उद्देश्यले नदीमा हाम फालेको अनुमान गरिएको छ ।
प्रहरी सहायक निरीक्षक शंकर पोखरेलले थानीयले नदीमा गएको भन्ने खबर दिएको र हालसम्म अवस्था अज्ञात रहेको बताउनुभयो । जानकारी आएलगत्तै पिप्लाङ प्रहरी चौकीले खोजी सुरु गरे पनि भेटाउन नसकिएको उनले जानकारी दिए ।
बेपत्ता भएका बुढा गाउँपालिकाको शिक्षा शाखामा ‘कम्प्युटर अपरेटर’ रहेको जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, असोज ११, २०८२ २१:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय