Harsamaya
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ ।  आज बिहान ११ बजे प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक बस्नेछ । 

हिजो पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले  राजनीतिक प्रतिवेदन पेस गर्ने, प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा बैठकमा छलफल हुनेछ । 

यस्तै फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका एजेन्डामा बैठकमा छलफल हुनेछ । 

 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update