Harsamaya
डा बाबुराम भट्टराईद्वारा नेसपा नयाँ शक्तिको अध्यक्ष पद त्याग

काठमाडौं - नेपाल समाजवादी पार्टी नयाँ शक्ति का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्यागेका छन् । आज बसेको नेसपा (नयाँ शक्ति)को केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा अध्यक्ष डा भट्टराईले गरेको पदत्यागको प्रस्ताव  केन्द्रीय समितिद्वारा स्वीकृत गरेको   प्रवक्ता कृष्ण शर्माले जानकारी दिनुभयो । उनले, “अध्यक्ष भट्टराईको पदत्याग गर्ने प्रस्ताव केन्द्रीय समितिद्वारा स्वीकृत भएको छ ।

पार्टीका उपाध्यक्ष दुर्गा सोवको अध्यक्षतामा महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरिएको छ ।” महाधिवेशनसम्मको निम्ति उपाध्यक्ष दुर्गा सोबलाई संयोजक र महासचिव सोनामसिंह स्याङ्तानलाई सदस्य सचिव तथा पार्टी प्रवक्तामा कृष्ण शर्मालाई तोकिएको सो पार्टीका केन्द्रीय सदस्य टङ्क धमलाले बताए । उनका अनुसार नेसपा (नयाँ शक्ति) ले आउँदो फागुन महिनासम्ममा आफ्नो पार्टीको विशेष महाधिवेशन गर्ने तयारी गरेको छ । 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update