काठमाडौ- आज २०८२ असोज ७ गते मंगलबार । आजको दिन तपाईँको जीवनमा उत्साह, सफलता र आत्मिक सन्तुष्टि ल्याउने सङ्केतसहित आएको छ।
मेष : सोचेको आटेको कामहरू बन्नेछन् । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। मनको डर उत्साहमा बदलिने छ। अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। रमाइलो यात्रा हुनेछ।
वृष : कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। नयाँ व्यवसाय सुरु गर्ने मौका छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। परिवारको सहयोग मिल्नेछ । सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ।
मिथुन : आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। केही पाउन अर्को वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी थप्नुपर्ने हुन सक्छ। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। सामाजिक मान सम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । अरूको चासो लिँदा झमेला आइलाग्न सक्छ, सजग रहनुहोला।
कर्कट : परोपकारी काममा रुचि बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आज धन लाभ हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। नयाँ ज्ञान सिक्ने समय छ। पेसा–व्यवसायमा आम्दानी बढ्नाले धन सञ्चय हुनेछ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ । रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ।
सिंह : केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन् । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ।
कन्या : परिस्थितिवश काममा ढिलासुस्ती हुन सक्छ। आफ्नो विषयवस्तुमा अरूले दाबी–विरोध गर्न सक्छन्। काम रोकिनाले मन खिन्न रहनेछ। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला। पछिका लागि गरिएको मेहनतले फाइदा दिनेछ। व्यापार सामान्य रूपमा चल्नेछ। सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ।
तुला : परिस्थिति केही असहज रहने समय छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ। टाढाको यात्रा गर्ने मौका छ ।पतिपत्नीबिच घर सल्लाह भने नमिल्न सक्छ ।वादविवादमा अघि नसर्नुहोला। सावधानीले नै सम्भावित समस्या टर्न सक्छ।
वृश्चिक : काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बिच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामको सफलताले हौसला जगाउनेछ। व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । सोखले भौतिक साधन जुटाउन प्रेरणा प्राप्त हुनेछ।
धनु : व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ । ईर्ष्या गर्नेहरूले हार खानेछन्। योजनाअनुसार समयमै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। रोकिएको काम पुनः प्रारम्भ हुनेछ।
मकर : प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा समय दिन नसकिएला। अरूका काममा चासो लिँदा झमेला बेहोर्नुपर्ला। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। रोकिएका अधुरा कामहरू सुचारु हुनेछन् । धेरैले तपाईँका कामको तारिफ गर्नेछन् । लामो समयपछि साथीभाइसँग भेट हुँदा मन प्रसन्न रहनेछ । यात्रा गर्ने अवसर जुट्न सक्छ।
कुम्भ : समाजमा मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ । आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ।
मीन : सुख दुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आफन्तको सहयोगले महत्त्वपूर्ण कामहरू सफल हुनेछन् । नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। लगानी गर्दा व्यवसायमा मनग्य धन लाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

