Harsamaya
सागर डिष्टिलरीको आईपीओमा २२ गुणा बढी आवेदन
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सागर डिष्टिलरी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजारभन्दा बढीले आवेदन दिएका छन् ।

सिडिएससी एण्ड क्लीयरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरु बाट करिब २ करोड ६५ लाख कित्ता आईपीओ माग भएपछि यो निष्कासनमा २२ गुणाभन्दा बढी ओभर सब्स्क्राइब भएको हो ।

सर्वसाधारणका लागि निष्कासन गरिएका ११ लाख ९० हजार कित्तामध्ये १ लाख १९ हजार ६४ जनाले मात्र न्यूनतम १० कित्ता पाउनेछन भने करिब २२ लाख ३३ हजार आवेदकको हात खाली हुनेछ । आईपीओ बाँडफाँट गोला प्रथामार्फत हुनेछ ।

कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर १४ लाख ५२ हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये १०% वैदेशिक रोजगारीमा रहेका नेपाली, ५% सामूहिक लगानी कोष र केही हिस्सा कर्मचारीका लागि छुट्याइएको छ ।

आईपीओको अंकित मूल्य प्रतिसेयर १०० रुपैयाँ रहेको छ र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update