Harsamaya
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं  - आज  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ ।  जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको हो । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपमहासचिव हरिबोल गजुरेलले बताए ।  

भदौ २३ र २४ गते जेनजीको विद्रोहको कारण केपी ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो । 

सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update