Harsamaya
गणेशमान सिंहको २८औँ स्मृति दिवस आज मनाइँदै 

काठमाडौं - प्रजातन्त्र पुनः स्थापनाका लागि विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको प्रतिकका रूपमा पनि उgलाई चिनिने गरिन्छ । 

विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा पनि उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सी बारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो ।

उनी विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय भूमिका खेलेका थिए ।

उनको स्मृति नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले आज बिहान शोभा भगवतीस्थित सिंहको सालिकमा माल्यार्पण कार्यक्रम आयोजना गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update