Harsamaya
फागुनभित्र नयाँ निर्वाचन गर्नुपर्ने प्रधानमन्त्री कार्कीको जिम्मेवारी (विज्ञप्तिसहित)
प्रधानमन्त्री सुशीला कार्की ।

काठमाडौं - युवापुस्ताको आन्दोलनले जन्माएको राजनीतिक परिवर्तनसँगै मुलुक अब नयाँ जनादेशको तयारीमा लागेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै आगामी ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गराउने जिम्मेवारी दिएका छन्।

कार्कीले नेतृत्व गर्ने नयाँ सरकारलाई फागुनभित्र जनताको विश्वास पुनःप्राप्त गर्न निर्वाचन सम्पन्न गर्नुपर्नेछ। यसअघि बनेका सरकारहरूले राजनीतिक समीकरणका आधारमा संसद सञ्चालन गर्ने प्रयास गरे पनि यो पटकको सरकारलाई प्रत्यक्ष जनआन्दोलनको ऊर्जा र राष्ट्रपतिबाट आएको स्पष्ट म्यान्डेटले विशेष बनाएको छ।

राजनीतिक विश्लेषकहरूको भनाइमा, कार्कीलाई दिएको यो जिम्मेवारी केवल सरकार सञ्चालनको मात्र नभई अस्थिर राजनीतिबाट स्थायित्वको बाटो खोज्ने प्रयास पनि हो। अबको ६ महिनाभित्र हुने प्रतिनिधिसभा निर्वाचनलाई मुलुकले नयाँ सुरुवातको रूपमा हेरेको छ।

Election-1757694837.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update