Harsamaya

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । 

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरु सहभागी थिए ।

राष्ट्रपति पौडेलले पूर्वप्रधानन्याधीश कार्कीलाई केहीबेर अघि मात्रै अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

उनी नेपालको ४२औं प्रधानमन्त्री र नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  २१:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update