Harsamaya
सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमत्ति, आजै शपथ हुने
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की ।

काठमाडौं - पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि  प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।

कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका हुन् ।

आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि आफूले थेग्न नसकेको भन्दै पौडेलले प्रमुख दलका शीर्ष नेताहरुलाई आफूले प्रतिनिधिसभा विघटनको निर्णय गर्न लागेको र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी गरेको बताए ।

उनको आज राति ९ बजे शपथ ग्रहण हुँदैछ । त्यभन्दा अगाडि संसद विघटन गर्ने सहमति भएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update