 
                                                                        काठमाडौं - राष्ट्रपति कार्यालय शीतल निवासले नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आज बिहान गृह मन्त्रालयका कर्मचारीलाई स्वागतको तयारी गर्न निर्देशन दिइएको हो ।
जेनजीको माग अनुसार अन्तरिम सरकारको नेतृत्व पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठुला दल र राष्ट्रपतिबिच सहमति भएको छ । यद्यपि संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा निकास भने निस्किसकेको छैन ।
बिहीबार राति कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा राष्ट्रपति पौडेलले काँग्रेस र माओवादी केन्द्रका नेतालाई जानकारी गराएका थिए । प्रतिनिधिसभा सदस्य नरहेको व्यक्तिलाई कसरी प्रधानमन्त्री नियुक्त गर्ने भन्ने विषयमा भने राष्ट्रपति पौडेल अझै कानुनविद्सँग परामर्शमै छन् ।


![जेनजी विद्रोह राजनीतिक कारण मात्र नभइ कर्मचारी प्रशासनको कमजोरी पनि हो : महासचिव प्रकाश राई [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/prakasha-rai-1761838689.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    -1761640064.jpg)